काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विद्युतीकरण गर्न विद्युतीय सामानहरू खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो।
आफू अनुकूलको उपभोक्ता समिति गठन गरी उक्त कामको अनुगमन र प्राविधिक नापजाँच समेत नगरी भुक्तानी गरिएको देखिएको छ।
विद्युतीकरणको काम गर्दा एक करोड २६ लाख ७५ हजार ५०३ रुपैयाँ हिनामिना गरेको देखिएको छ।
त्यस्तै, विद्युत प्रसारण योजना होपिनाको विद्युतीकरण गर्दा २ करोड ९४ लाख २५ हजार २०२ समेत गरी चारकरोड २१ लख ७०६ रुपैयाँ हिनामिना भएको अख्तियारले ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।