काठमाडौं– प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका तीन प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा आईजीपी शैलेश थापा क्षेत्रीले वसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
गत फागुन १ गते उनीहरू तीन जनालाई एआईजी बनाउन सिफारिस गरेसँगै उजुरी परेको थियो। तर, उजुरी सुन्ने समितिले सिफारिस समितिकै निर्णय सदर गरेपछि सरकारले बिहीबार बिहान मात्रै उनीहरू एआईजी बनाउने निर्णय गरेको थियो।
एआईजी बनाउने निर्णय गरेकै दिन उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।