काठमाडौं- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवाद निर्माणका लागि देशभक्त शक्ति सबै एकजुट हुनु आवश्यक रहेको बताएका छन्।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेलामा बोल्दै यस्तो बताएका हुन्।
‘देशभक्त र राष्ट्रघातीको बीचमा देश ध्रुवीकरण हुँदैछ। देश बेचेर खाने दलाल पुँजीपति वर्गकाविरुद्ध हिँड्नुपर्छ,’ उनले भने,‘एमसीसीका पक्षधरविरुद्ध हामी सबै अघि बढ्नुपर्छ। नयाँ मोर्चाद्वारा एकताबद्ध बनाएर जान सक्नुपर्छ।’
उनले नयाँ साझा यात्रा तय गरेर अघि बढ्नुपर्ने भन्दै पार्टी एकता गरेर नभए संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने बताए।
‘दलाल पुँजीवादकाविरुद्ध सामूहिक लडाइ हामीले लड्नुपर्छ। निराशको मात्रै खेती भइरहेको छ। निराश हुनु जरुरी छैन,’उनले भने,‘निराश हुनेले सधैं लडाइ हार्छ। नेपाली जनताले क्रान्तिकारी शक्तिलाई सधैं माया गर्दै आएका छन्। हामीले विश्वास गर्नुपर्छ नयाँ पुस्तालाई तयार गर्नुपर्छ। वैज्ञानिक समाजवाद निर्माणको दिशामा अघि बढ्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।