फाइल तस्बिर।
काठमाडौं- पाँचदलीय गठबन्धनको तालमेलका लागि प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्र बन्ने भएको छ। बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।
सबै पार्टीका प्रदेशका प्रमुखहरुको प्रदेशस्तरीय संयन्त्र बन्नेछ। त्यसैगरी, जिल्ला र पालिकास्तरमा पनि प्रमुखहरु रहेको संयन्त्र हुने भएको छ।
संयन्त्रले २२ गतेभित्रप्रदेश र जिल्ला र पालिकाको अवस्थाबारे केन्द्रलाई प्रतिवेदन पेश गर्ने सञ्चार सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।