काठमाडौं- सत्ता गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको हकमा केन्द्रबाटै निर्णय गर्ने टुंगो लगाएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तालमेलको विषयमा टुंगो लगाएको हो। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरिएको बताए।
'महानगरको निर्णय माथिबाट हुन्छ। अन्य (उपमहानगरपालिका/नगरपालिका/गाउँपालिका) का लागि तलैका कमिटीहरुलाई निर्णय गर्न दिने सहमति भएको छ,' नेपाल लाइभसँग कुरा गर्दै उनले भने।
तालमेलका लागि सबै दलको संयन्त्र बनाउने र बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।