काठमाडौं – मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको छ।
बिहीबार बिहान सम्पन्न बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ। दुवै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए। सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी द'वै अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् ।
तेजाव आक्रमण गर्नेविरुद्ध कारबाही गर्ने कानुन नभएकाले सरकाले अध्यादेश जारी गरेको हो।
तेजाव आक्रमणसम्बन्धी अध्यादेश संसदबाट अनुमोदन हुन नसक्दा यसअघि तीनपटक सम्म निष्क्रिय बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।