हेटौंडा- राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन्। हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको छ।
राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता बिशभ अधिकारीले बताएका छन्। साथै बैठकले चैत्र २७ गते हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन्। नवनिर्वाचित अध्यक्ष शिवराम थापाले स्थानीय चुनावमा राप्रपालाई जसरी भएपनि सफल बनाएरै छाड्ने दाबी गरे।
बैठकमा पूर्व केन्द्रिय सदस्य रामहरि न्यौपाने, बागमती प्रदेशका सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य धुर्व सन्जेल, सुन्दर शाही, सचिव सागर थापा लगायतले राप्रपालाई देशको अग्रणी पार्टी बनाउने बताएका छन्।
राप्रपा मकवानपुरको जिल्ला राप्रपा मकवानपुरको विषेश बैठकबाट शिव राम थापा जिल्ला अध्यक्षमा चयन भएका छन्। राप्रपाका नेता मधु अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाउने र यहि चैत्र २७ गते केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा बृहत आमसभा गर्ने निर्णय गरेको छ।
कार्यक्रममा बोल्दै मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको आवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन्।
नवनिर्वाचित अध्यक्ष शिव राम थापाले स्थानीय चुनावमा राप्रपालाई जसरी भएपनि सफल बनाएरै छाड्ने दाबी गरे। बैठकमा पुर्व केन्द्रिय सदस्य राम हरि न्यौपाने, बागमति प्रदेशको सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य धुर्व सन्जेल, सुन्दर शाही, सचिव सागर थापा लगायतले राप्रपालाई देशको मुलधारको शक्ति बनाउन संगठनको संरचनालाई गतिशील बनाउन सबै तहको क्रियाशीलतामा जोड दिएका छन्।
यसअघिका जिल्ला अध्यक्षसहित कयौं नेताले राप्रपा नेपाल रोजेपछि मकवानपुरमा नयाँ नेतृत्व चयन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।