काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै छ। बुधबारबाट सुरु भएको बैठक आज पुनः बस्न लागेको हो। बैठक दिउँसो १ बजे पुनः बस्नेछ।
बुधबारको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विषयमा कार्यकारिणी सदस्यहरूले धारणा राखेका थिए।
बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीलाई उपलब्धि हुने गरी तालमेल गर्न नेतृत्वलाई सुझाव दिएका छन्। व्यक्तिगत स्वार्थभन्दा पनि नयाँ निर्माण भएको पार्टीलाई स्थापित गर्ने गरी तालमेल गर्न सुझाव आएको छ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले तालमेलको निर्णय केन्द्रबाट नभई जिल्लास्तरबाट हुनुपर्ने धारणा राखेका छन्।
बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोट प्रक्रिया, निर्वाचनमा टिकट वितरण गर्ने अधिकार, निर्वाचन घोषणापत्र, पार्टीको विधान संशोधनलगायत एजेन्डा प्रस्तुत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।