काठमाडौं– आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्दै छ। आजको बैठक नियमित कार्यतालिका अनुसार नै बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजेपछि बैठक बस्ने तयारी गरिएको जनाइएको छ। आजै सत्तागठबधनको बैठकसमेत बस्दैछ।
मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने एक मन्त्रीले बताए।स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने उनको भनाइ छ।
साथै, आजको बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावनासमेत रहेको छ। आजकै बैठकले प्रहरीमा थप गरिएका एआईजीमा बढुवाको निर्णय गर्न सक्ने जनाइएको छ।
त्यसैगरी आगामी सातादेखि निर्वाचन आचारसंहिता लगाउने तयारी भएकाले आजको बैठकले विभिन्न स्थानमा हुने नियुक्ति तथा बढुवालगायतको सिफारिस गर्ने सम्भावना रहेको छ।
सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन (सोमबार र बिहीबार) बस्ने प्रचलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।