काठमाडौं– नेपाल प्रहरीका ३ जना नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न भएको सिफारिस लोकसेवा आयोगले सदर गरेको छ। लोकसेवा आयोगले सिफारिस सदर गरेसँगै ३ जना डीआईजीलाई एआईजी बढुवा गर्न सरकारलाई बाटो खुलेको छ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
तर, उक्त सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो। बढुवा भएकामध्ये धीरजप्रताप सिंह र रवीन्द्र धानुक आफूहरुभन्दा जुनियर भएको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची ईश्वरबाबु कार्की, घनश्याम अर्यालले बढुवा उपर उजुरी सुन्ने समिति (लोकसेवा आयोग)मा उजुरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।