काठमाडौं– ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी र दु:ख दिएको आरोपमा ललितपुर प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई यातायात कार्यालय परिसरबाटै पक्राउ गरेको हो।
कार्यालय भित्र तथा बाहिर आउने सेवाग्राहीलाई आउने सेवाग्राहीलाई अनावश्यक रुपमा झन्झटमा लाउने तथा कार्यालयको समयमा समेत वाधा पुर्याएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खोटाङ घर भइ ललितपुर बागडोल बस्ने १९ वर्षीया इनिमाया राई, ललितपुरको कुसुन्ती बस्ने २५ वर्षीया निमा लामा, उदयपुरको त्रियुगा–९ घर भइ कुसुन्ती नै बस्ने १९ वर्षीया कुसुम दनुवार राई, ओखलढुंगा घर भइ जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मीको रिडी नगरपालिका घर भइ ललितपुरको कुसुन्ती बस्ने २१ वर्षीय अरूण मगर, ललितपुर बस्दै आएका ३७ वर्षीय शंकर कार्की, धादिङ घर भइ ललितपुरको नख्खु बस्ने ३० वर्षीय कृष्ण श्रेष्ठ र सर्लाही घर भइ काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीय राजिब पाख्रिन छन्।
यस्तै, रामेछाप घर भइ ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, ललितपुरको कुसुन्तीका २४ वर्षीय उमेश लामा, रामेछाप घर भइ एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, उदयपुर घर भइ कुसुन्ती बस्ने २४ पर्षीय कुमार दनुवार राई, रामेछाप घर भइ एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर, काभ्रे घर भइ सातदोबाटो बस्ने २३ वर्षीय दिपक घोरासैनी र इमाडोल बस्ने ३० वर्षीय दिपेन्द्र खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका १५ जनाविरुद्ध थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सिद्दी बिक्रम शाहले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।