काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेताहरु बालुवाटार पुगेका हुन्। पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपालाई समेत सरकारमा सहभागी गराउन लागेको चर्चा भइरहेको छ। यद्यपि यस विषयमा लोसपाले निर्णय गरिसकेको छैन।
तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन्।
बुधबारको कार्यकारिणी समितिको बैठकमा पनि सरकारमा सहभागी हुने तथा नेपाली कांग्रेससँग चुनावी तालमेल लगायतका विषयमा पनि छलफल भएको थियो।
आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए।
‘हाम्रो मुख्य माग सम्बोधन हुनुपर्ने भन्ने नै मुख्य विषय हो। त्यस विषयको सुनिश्चितता भएपछि सरकारमा जाने र कांग्रेससँग तालमेल गर्ने विषय हुन्छ,’ बुधबारको बैठकमा सहभागी एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।