काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपा एमालेका सरकारहरुले गरेका गौरवपूर्ण कामहरु लिएर जनतामा जान नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
स्थानीयतहको निर्वाचनका लागि प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालालाई सम्बोधन गर्ने क्रममा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा होमिन पनि निर्देशन दिए।
प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेका छन् भने मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन्।
कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।