काठमाडौं- राजस्व अनुसन्धान विभागले कर छल्नका लागि घरमै पैसा राखेका एक भारतीय नागरिकविरुद्ध ३ करोड ८० लाख ३१ हजार ८ सय ५१ रुपैयाँको राजश्व चुहावटको मुद्दा दायर गरेको छ।
विभागले उच्च अदालत पाटनमा बुधबार मुद्दा दायर गरेको हो।
विभागले भारत पश्चिम बंगाल, सिलगुरी स्थायी निवास भएका अमितकुमार अग्रवालविरुद्ध राजश्व चुहावटको मुद्दामा विगो र जरिवानासहित ७ करोड ६० लाख ६३ हजार ७ सय ४ रुपैयाँ दाबी गरेका छ।
अग्रवालले राजस्व चुहावट गर्ने मनसायले कानून बमोजिमको बिजक जारी नगरी सामान बिक्री गर्ने र त्यसबाट प्राप्त भएको आय आधिकारीक बिक्री आयमा समावेश नगरी ठूलो नगर घरमा नै राखेको अभियोगपत्रमा दाबी गरिएको छ।
ऐनलाई आयक ऐन अनुसार मूल्य अभिवृद्धी कर अन्तर्गत ३ करोड १७ हजार ९९, आयकर तर्फ ८० लाख १४ हजार ७ सय ५३ गरि ३ करोड ८० लाख ३१ हजार ८ सय ५२ रुपैयाँ विगो विभागले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।