काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपति धर्मशालामा ताला लगाउने तयारी गरेका छन्।
नेपाल–भारत मैत्रीपशुपति धर्मशाला बतास समूहले अहिले पनि चलाइरहेका कारण ताला लगाउन खोजेको मन्त्रीको सचिवालयले दाबी गरेको छ।
सोमबार मन्त्री आलेको उपस्थितिमा बसेको पशुपति विकास कोषको बैठकले पनि बतास समूहलाई उक्त क्षेत्रवा हटाउने निर्णय गरेको छ। बुधबार बेलुका जिल्ला प्रशासन कार्यालयलाई प्रहरी सहयोगको लागि पत्र लेख्ने र बिहीबार बिहानै १० बजे बतासलाई सम्झौता भङ्ग भएको लिखित जानकारी दिएर ताला लगाउने मन्त्री आलेको सचिवालयको भनाइ छ।
यो विवाद उच्च अदालतमा विचाराधिन रहेको छ। उच्च अदालतले यसअघि अन्तरिम आदेश जारी गरेको थियो। पछि अर्को मुद्दामा विपक्षीलाई तत्काल हटाउने आधार नदेखिएको भनेको थियो।
आफूहरू मन्त्रालय र पशुपति विकास कोषकाविरुद्ध अदालतमा गएको र उच्च अदालतमा मुद्दा विचाराधीन नै रहेकोले यसअघि पर्यटन मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ पनि बतास समूहले बुझाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।