काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनको बैठक बस्ने भएको हो।
मंगलबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि बिहीबार सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
बुधबार चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि गठबन्धनको बैठक बस्ने जानकारी दिएका हुन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, 'भोलि हामी गठबन्धनको बैठक बस्दैछौं।'
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।