काठमाडौं- जिल्ला अदालत तनहुँले पुर्पक्षमा पठाउन आदेश दिएसँगै उच्च अदालत पुगेका पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेसी तोकिएको छ।
उच्च अदालत पोखरामा शाहले हिजो ७३ नम्बर निवेदन दिएका थिए। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने भनी गरेको आदेश त्रुटिपूर्ण रहेको भन्दै वारेसमार्फत् उनले निवेदन दिएका थिए।
उच्चले पलको निवेदनमा पहिलो सुनुवाइ गर्दै जिल्लाको थुनामा पठाउने आदेश परीक्षण गर्ने छ। जिल्लाको आदेश सदर गरेमा उनी थुनामा रहनेछन्। बदर गरेमा उनी धरौटी वा साधारण तारेखमा रिहा हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।