काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त बनाउनका लागि बौद्ध दर्शन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई बुधबार विहान भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिँदै बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन भएको बताएका हुन्।
यसका लागि बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा उनको जोड थियो। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिए। जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको भन्दै उनले संकट आउनु भन्दा अघि नै कदम चाल्नु पर्नर् बताएका थिए।
उनले दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि यसका कार्यक्रमहरू कार्यान्वयनमा पनि तीव्रता दिनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।