काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जाने भएका छन्।
चितवनमा प्रचण्डले तीनवटा कार्यक्रममा सहभागिता जनाउने उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रचण्डले आज करिब ७ अर्बको बहुबर्षिय आयोजना नारायणी तटबन्धको शिलान्यास गर्ने छन् भने पूर्वी चितवनमा विद्युत सव स्टेसन उदघाटन गर्ने छन् त्यस्तै महानगरको कभर्ड हल उदघाटन गर्ने कार्यक्रम रहेको छ । चितवन उनको निर्वाचन क्षेत्र हो भने भरतपुरकी मेयर प्रचण्ड पुत्री रेणु दाहाल छिन्।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले चुनावी तालमेल गर्ने निर्णय गरेपछि प्रचण्ड चितवन जान लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।