काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) पार्टीका स्थानीय तह अध्यक्षसँग अन्तर्क्रिया गर्ने भएका छन्।
दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन्। सो अवसरमा पालिका अध्यक्षको सुझाव लिने र स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न निर्देशन दिने जनाइएको छ।
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आज सम्बोधन कार्यक्रम राखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।