काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्नका लागि मोडालिटी तयार गरिरहेको छ। त्यसका लागि कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै छ र बैठकले चुनावी गठबन्धनबारे निर्णय गर्ने जनाइएको छ। त्यसका लागि मोडालिटी तयार गर्नका लागि मंगलबार कांग्रेस शीर्ष नेताहरु उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा छलफलमा जुटेका छन्।
छलफलमा सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारी सहभागी छन्। केन्द्रीय कार्यसमिति बैठक भने केही बेरमा सुरु हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।