काठमाडौं– लगन टोलमा एक पुरुषको हत्या भएको छ। काठमाडौं महानगरपालिका–२१ लगन टोल घर भएका ५८ वर्षीय पृथ्वीवीर डंगोलको हत्या भएको हो।
हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकुका अनुसार पक्राउ पर्नेमा घीउ साहु भनेर चिनिने ४७ वर्षीय विकास पोडे छन्।
चैत २ गते पोडेको कुटपिटबाट डंगोल गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा चैत ८ गते मृत्यु भएको थियो ।
त्यसपछि पोडेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।