काठमाडौं– बैंकिङ कसूरको मुद्दामा दोषी ठहर भइ ४० लाख रुपैयाँ जरिवना सुनाइएका व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं सामाखुशीका ५२ वर्षीय काजी गुरुङलाई पक्राउ गरेको हो।
उनलाई सोमबार सामाखुशीबाटै पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए। गुरुङले स्याङ्जाका एक व्यक्तिलाई ४० लाख रुपैयाँको चेक काटेर दिएका थिए। तर, पर्याप्त रकम नभको भन्दै चेक नसाटिएपछि पीडितले गुरुङविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।
उक्त बैंकिङ कसूरको मुद्दामा सुनुवाइ गर्दै अदालतले गत फागुन १ गते गुरुङलाई ४० लाख रुपैयाँ जरिवाना र ६ दिनको कैद सजाय सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।