काठमाडौं– सल्यानको इलाका प्रहरी कार्यालय सितलपाटीमा कार्यरत प्रहरी जवान पवन केसी मृत भेटिएका छन्।
कार्यालय नजिकैको भगवती खोलामा उनी प्रहरी पोशाकमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
उनी गएराति २ बजेसम्म मात्रै कार्यालयको मुख्य गेटमा ड्युटी बसेका थिए। भीरबाट लडेर केसीको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
पश्चिम रुकुमको छिवाङका बासिन्दा केसीका आफन्त आएपछि बल्ल शव उठाएर पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।