काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी गठन भएपछि पहिलो पटक लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो।
बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्न लागेको सदस्य केशव झाले जानकारी दिए।
‘स्थानीयतहको निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र चुनावी गठबन्धन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने।
उनका अनुसार पछिल्लो समसामयीक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ। बैठकमा कार्यकारिणी समितिका सदस्यहरुले देशभर पार्टी निर्माणको अवस्था र सांगठनिक अवस्थाका बारेमा आ–आफ्नो धारणा राख्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।