काठमाडौं- देशभरको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारकारी निवास बालुवाटारमा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिव सहभागी रहेको प्रधानमनत्रीको सचिवालयले जनाएको छ।
छलफलका क्रममा विकास निर्माणमा देखापरेका समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने छन्। यो राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठक हो। यसअघि २०७७ माघ र २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राखेका थिए।
आर्थिक अवस्था खस्कदै गएको अवस्थामा यो बैठक हुन लागेको छ। त्यस्तै केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म विकास खर्च पर्याप्त मात्रामा हुन नसकेका कारण बजारमा तरतला अभाव भएको छ। त्यस्तै आयात भन्दा निर्यात धेरै हुने, विदेशी सञ्चित घट्दै जाने र रेमिट्यान्स घट्ने तथा कोरोना महामारीका कारण आर्थिक गतिविधि रोकिएपछि देशको अर्थव्यवस्था अप्ठारो अवस्थामा पर्दै गएको अर्थविदहरुले भन्दै आएका छन्। बैठकमा यी सवै विषयका साथै विकास खर्च बढाउनेबारे छलफल हुने जनाइएको छ।
त्यस्तै गौरवका आयोजना कार्यान्वयनमा देखिएको सुस्ततालाई हटाउने विषयमा बैठकमा छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।