• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावमा गठबन्धन आवश्यक : सञ्चारमन्त्री कार्की

64x64
नेपाल लाइभ मंगलबार, चैत १५, २०७८  ०९:५८
1140x725

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार सम्बोधन गर्दै केन्द्रीय सदस्य समेत रहेका कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको प्रष्ट पारेका हुन्।

सञ्चार मन्त्री कार्कीले अब तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई अझ सुदृढ र समृद्धिको यात्रालाई अझ सहज बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार रहेको पनि स्मरण गराए।

उनले त्यो कार्यभार सम्पन्न गर्नका लागि गठबन्धनबीचको सहकार्य र सहयात्रा आवश्यक रहेको बताउँदै त्यसका लागि कांग्रेसको अगुवाइ तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिभावकीय नेतृत्वबाट मात्रै सम्भव हुने उद्घोष गरे।

मन्त्री कार्कीले अत्यन्त विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यका लागि यो गठबन्धन स्थापना भएको बताउँदै यसको अभिप्राय सत्ता प्राप्ति नरहेको उल्लेख गरे।

उनले भने, ‘मुलुकको राजनीतिलाई नियमित लिकमा फर्काउने, आवधिक निर्वाचनलाई सुनिश्चित गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ उन्मुख गराउने र देशलाई समृद्धिको बाटोमा हिँडाउनु नै गठबन्धनको खास उद्देश्य थियो । अहिले पनि हाम्रो यात्रा त्यही उद्देश्यबाट निर्देशित छ।’

उनले गठबन्धनको स्थापनासँगै मुलुकले भोगिरहेको जटिल र गहिरो सङ्क्रमणको अन्त्य भएको उल्लेख गर्दै सम्भावित अस्थिरताको डरलाग्दो श्रृङ्खलाको भय पनि समाप्त भएको बताए। उनले भने, ‘मुलुक लिकमा फर्कियो । यतिबेला स्थिर सरकारको प्रभावकारितासँगै आमजनताले पनि सहजताको महसुस गर्न थालेका छन्।’

अहिले काँग्रेसले पाएको जिम्मेवारी सामान्य नरहेको बताउँदै मन्त्री कार्कीले यो सिङ्गो मुलुकले सुम्पेको निकै विशिष्ट प्रकारको जिम्मेवारी रहेको पनि उल्लेख गरे । उनले भने, ‘काँग्रेसको अगुवाइ र सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिङ्गो मुलुकले पनि स्वीकारेको छ। र, विश्वास गरेको छ। यो ऐतिहासिक अवसर पनि हो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले यो विशिष्ट जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर काँग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउने र मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितिर डोर्‍याउने लक्ष्यका साथ अझै एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए।

सञ्चारमन्त्री कार्कीले जस्तोसुकै कठिन र असहज परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेर मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने प्रधानमन्त्री देउवाको उच्चस्तरको राजनीतिक सुझबुझ, परिपक्व एवम् दुरदर्शी नेतृत्व र अभिभावकीय भूमिकालाई यतिबेला सिंगो मुलुकले सराहना गरेको प्रष्ट पारे। साथै यो सिङ्गो काँग्रेसका लागि महत्त्वपूर्ण पुँजी भएको उनले उल्लेख गरे।

सरकारले कारोना संक्रमणको रोकथामसँगै सुशासन स्थापना र समृद्धिको दिशामा थुप्रै महत्त्वपूर्ण काम गरेको बताउँदै मन्त्री कार्कीले राज्य संयन्त्र र संवैधानिक निकाय भूमिकासमेत राजनीतिक छायाले थिचिएको, राज्य पद्दति खलबलिएको र राज्य संयन्त्र पनि प्रभावहीन बन्दै गएको असहज अवस्थाको अन्त्य भएको धारणा राखे ।

उनले भने, ‘स्थिर सरकारको गठनसँगै राज्य संयन्त्रले पनि प्रभावकारी रुपमा काम गर्न थालेको छ। र, संवैधानिक निकायहरूले पनि आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्न पाएका छन्।’

यसबीचमा गठबन्धनलाई फुटाउने, भत्काउने र अलमल्याउने अनेक प्रयास र प्रहार भएको उल्लेख गर्दै मन्त्री कार्कीले अनेक प्रश्न, आशङका र अनुमान पनि उब्जिएको पनि बताए।

उनले भने, ‘पाँच दल सँगै हिँड्ने क्रममा कहिलेकाही अप्ठ्यारा आउनु र मतभिन्नता हुनु स्वाभाविक हो । तर, हामीबीचको  हार्दिक संवाद र विश्वासले गर्दा गठबन्धनको जग कहिल्यै धरमराएन।’

मन्त्री कार्कीले सत्ता साझेदार दलको साझा उद्देश्य रहेको बताउँदै आपसी सहमति र विश्वासका साथ अघि बढिरहेको स्पष्ट पारे । उनले यो सहयात्राको निरन्तरता आगामी निर्वाचन र त्यसपछिका राष्ट्रिय मुद्दामा पनि आवश्यक हुनसक्ने विचार व्यक्त गरेका छन्।
 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ!
सम्बन्धित सामग्री
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले भाद्र १० गतेको भयावह घटनाले हजारौँ नागरिकका लागि कालरात्रिको रूप लिएको बताए।... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्