काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनबाट सक्षम, इमान्दार र जीवन जगतलाई परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सुझाव दिएका छन्। आसन्न निर्वाचन सबै राजनीतिक दलका लागि अग्नि परीक्षा हुने उनको भनाइ छ।
चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन समारोहमा सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेकोले केही प्रतिगामी पक्षका लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने बताएका हुन्।
यसैबीच सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका–४ र ८ जोड्ने तिप्लिङ खोलाको पुल पनि उद्घाटनगरेका छन्। दुई करोड ६० लाखको लागतमा उक्त पुल निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।