काठमाडौं– प्रहरी प्रधान कार्यालयले ६ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।
कार्यालयलले सोमबार एक सूचना जारी गर्दै उनीहरुलाई काज सरुवा गरेको जानकारी दिएको हो। रामेश्वरप्रसाद यादवलाई सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ। यस्तै, सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा काज सरुवा गरिएको छ।
यता, जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ। मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज सरुवा गरिएको छ।
ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ। पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, पोखरामा बोलाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।