काठमाडौं– रुसले आफ्नो राष्ट्रपति भ्लादिमिर पुटिनलाई लिएर अमेरिकी राष्ट्रपति जो वाइडेनले गरेको टिप्पणीलाई चेतावनीको रुपमा लिएको बताएको छ।
पोल्याण्डको वार्समा शनिबार राति सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनमा रुसले ‘नरसंहार’ र ‘अत्याचार’ गरिरहेको बताउँदै समकक्षी पुटिनलाई ‘वधिक’को संज्ञा दिएका थिए।
उनले भनेका थिए, ‘दमनकारी, हत्यारा, तानाशाह र आफ्नै लगायत धेरै देशहरूमा युद्ध अपराध गरेको व्यक्ति नेतृत्वमा छ,’ उनले भने,‘ यस्तो शासन परिवर्तन भन्दा अरू केको आशा राख्नु ररु भगवानका खातिर, यो मानिस सत्तामा रहिरहन हुँदैन।’
पछि, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसमा सत्ता परिवर्तनको चाहना अमेरिकाको नरहेको बताएका थिए।
तर, क्रेमलिनका प्रवक्ता पेस्कोभले वाइडेनको उक्त टिप्पणी रुसको लागि खतरा रहेको बताएका छन्। ‘उनको यो कथन (भगवानका खातिर, यो मानिस सत्तामा रहिरहन हुँदैन) पक्कै खतरनाक छ। हामीले अमेरिकी राष्ट्रपतिको भनाइलाई निकै सावधानीपूर्वक अनुगमन गरिरहनेछौं।’
यस विषयमा पुटिनको तर्फबाट हालसम्म कुनै सार्वजनिक धारणा सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।