काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फ्रान्स रुससँग डराएको बताएका छन्। द इकोनोमिस्टसँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी आक्रमणका बीच कुन पश्चिमी देशले युक्रेनलाई सहयोग गरिरहेको छ र कुन देशले होइन भन्ने बिषय खुलाउँदै फ्रान्स युक्रेनलाई सहयोग गर्न डराइरहेको बताएका हुन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई सैन्य सहायता प्रदान नगरेकोमा आलोचना गर्दै उनले भने,‘किन यस्तो? किनभने उनीहरु रुससँग डराउँछन्।’
उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसन हतियार पठाउन इच्छुक रहेको बताए। जेलेन्स्कीले भने,‘हो, इमानदारीपूर्वक भन्नुपर्दा जोनसन नेता हुन् जसले थप मद्दत गरिरहेका छन्। बेलायत पक्कै पनि हाम्रो पक्षमा छ। जोनसन सन्तुलनमा छैनन्। उनले यो अवस्थाबाट बाहिर निस्कने कुनै उपाय देखेका छैनन्।’
उनले बेलायतले रुस हारेको देख्न चाहेको पनि दाबी गरेका छन्। ‘बेलायतले युक्रेन जितेको र रुसको हार हेर्न चाहन्छ, तर बेलायतले युद्धलाई पछ्याउन चाहेको हो वा होइन भन्न सक्दिनँ।’
जेलेन्स्कीले जर्मनी सन्तुलित रहेको बताए। उनले भने, ‘उनीहरूले सन्तुलन मिलाउन खोजिरहेका छन्। जर्मनीको रूससँग लामो सम्बन्ध छ र यो अवस्थालाई अर्थतन्त्रको प्रिज्मबाट हेरिरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।