काठमाडौं– हवाई उडान र उपभोक्ता अधिकार सम्बन्धी काठमाडौंमा छलफल कार्यक्रममा भएको छ। राष्ट्रिय मानव अधिकार आयोग नेपालको आयोजनामा सोमबार उक्त कार्यक्रम भएको हो।
विमानस्थलमा यात्रुले भोग्नुपरेका समस्या र विमान कम्पनीकहरूको लापरवाहीबारे आयोगले छलफल गरेको हो। कार्यक्रममा आयोगकी उपसचिव मञ्जु खतिवडाले विमानस्थल तथा विमान सेवा कम्पनीहरुमा गरिएको अनुगमनको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
यात्रुहरूले आधा घण्टादेखि ८ घण्टासम्म उडान डिले हुने गरेको गुनासो गरेका थिए। सही सूचना प्रवाह नहुँदा उपभोक्ताको हक वञ्चित भएको प्रतिवेदनमा उल्लेख छ।
लामो समय विमानस्थल बस्दा महंगो सामान किन्न बाध्य हुनुपरेको, खानेपानी र शौचालयको समस्या भोग्नुपरेको, पहाडी भेगमा यात्रुहरूले उडान रद्द गर्न दिनभरि कुर्नुपर्ने बाध्यता रहेको बताएका थिए।
कार्यक्रममा सहभागी बुद्ध एयरलाइन्सका दीपेन्द्र कर्णले भौगोलिक बनोटका कारण समस्या देखिएको बताए। जसका कारण पहिल्यै सूचना दिन नसकिएको उनले बताए।
राज्यले विमानस्थलको व्यवस्थापनमा कमजोरी गरेका कारण समस्या भएको यति एयरलाइन्सका फुरि लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।