फाइल तस्बिर
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई 'बिचरा' भनेका छन्। सोमबार कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको आलोचना गरे।
'नेपाली कांग्रेस एक जमानामा ठूलो जुरो भएको बलियो साँढे गोरु जस्तो थियो। अहिले बिचरा, यतापट्टि एउटाको बैशाखी टेकेको छ। यता अर्काको बैशाखी टेकेको छ', उनले भने।
नेपालमा जति पनि पार्टी रहेको बताउँदै ती सबै मिलेर आए पनि एमालेसँग लड्न नसक्ने ओलीको भनाइ थियो। 'अब नेकपा एमालेले विजय हासिल गर्छ किनभने एमालेको विजय देशलाई चाहिएको छ। देशको विकासको लागि चाहिएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।