फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले समुन्द्रदेखि अन्तरिक्षसम्म हक जमाएको बताएका छन्। सांसद् बृजेशकुमार गुप्तालगायतलाई पार्टीमा प्रवेश गराउन कपिलवस्तु पुगेका ओलीले यस्तो बताएका हुन्।
उनले भने, 'स्पेशमा स्थान लिएका छौं तर अर्कोले चलाइरहेको रहेछ। अब त्यसको निर्णय गर्ने संस्थासँग भनेर काममा ल्याउँछौं। अब हाम्रो पृथ्वीबाहिर पनि ठाउँ छ। समुद्नमा पनि हक स्थापित गरेका छौं।'
आफ्नो सरकारले नयाँ-नयाँ कुरा सुरु गरेको उनको भनाइ छ। आफूले सडकमा टनेल युगको प्रवेश गराएको समेत उनले बताए। त्यसैगरी, कृषिमा आधुनिकीकरणका साथै विभिन्न विकास कार्यक्रम आफ्नो पालामा सुरु भएको दाबी गर्दै उनले एमाले कपिलवस्तुमा बाढीजस्तै पसेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।