काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका छन्।
सोमबार केन्द्रीय समिति बैठकपछि उनीहरु छलफलमा जुटेका हुन्। बैठक सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसिरहेको छ।
बैठकमा केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी र शीर्ष नेता सहभागी छन्। नेता शेखर कोइरालासमेत बैठकमा सहभागी भएका छन्।
नेताहरुले उठाएको विषय र भोलिको बैठकबाट स्थानीय निर्वाचनबारे केन्द्रीय कमिटीले गर्ने निर्णयलगायतमा अहिले छलफल हुने बताइएको छ।
केन्द्रीय कमिटीमा स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने नजाने विषयमा नेताहरूले फरकफरक धारणा व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।