काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि पुन: बस्ने भएको छ।
शुक्रबारबाट सुरु कांग्रेस बैठकमा नेताहरुले आगामी स्थानीय निकाय निर्वाचनबारे गठबन्धन गर्न हुने/नहुने पक्षमा धारणा राखेका थिए।
बैठक भोलि दिउँसो ३ बजे पुन: बस्ने छ। भोलिको बैठकबाट चुनावी तालमेलबारे निर्णय हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।