काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निर्वाचनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने मत राखेका छन्।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै पौडेलले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत दिएर भए पनि एमालेलाई 'साइज'मा राख्नुपर्ने बताएका हुन्।
उनले अहिलेको लडाइँ एमालेविरुद्ध भएको बताए। 'गठबन्धन जरुरी छ', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।