काठमाडौं- केन्द्रीय कार्यसमितिको जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनले गठबन्धन गरियो भने सबैले जित्ने पनि बताएका छन्।
'गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ। त्यसैले गठबन्धन नगरेर हुन्छ?', देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ भन्या।'
उनले पहिला गठबन्धन नगर्दा कांग्रेसका धेरै उम्मेदवारहरु हारेको स्मरण गराएका थिए। 'मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि। पुराना कुरा सम्झेर हुन्छ? त्यसकारण गठबन्धन गरेर जानु पर्छ। जाऔँ', देउवाको भनाइ थियो।
देउवाले आफ्नो 'आइडोलोजी'मा शंका नगर्न आग्रह गरेका थिए। 'धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने होइन, अहिलेको अवस्था नि हेर्नु पर्यो नि', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।