काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार धारणा राख्ने क्रममा उनले गठबन्धनलाई प्रभाव नपर्नेगरी निर्णय हुनुपर्ने बताएका हुन्।
'हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौं। सरकारमा प्रभाव पर्ने गरि पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ', उनले बैठकमा भने, 'कांग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्छ।'
तर, गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको मनोविज्ञनलाई पनि ख्याल गर्नुपर्ने लेखकले बताए।
'स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता कार्यकर्ताको मनोविज्ञान ख्याल गर्नुपर्छ। केन्द्रले गठबन्धन गर्दा तल्लद्य तहमा निराशा पैदा हुने अवस्था हुन दिनुहुन्न। तल्लो तहको भावना र स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्छ', लेखकले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।