काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको बेला डा शेखर कोइराला पक्षका नेपाल विद्यार्थी संघ र तरुण दलका नेताहरुले छुट्टै भेला गरिरहेका छन्।
सभापतिले शेरबहादुर देउवाले एकलौटी रुपमा सभापति नियुक्त गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। विरोध कार्यक्रममा उपसभापतिमा पराजित डा कोइराला पक्षीय नेता चन्द्र भण्डारीलगायतका नेताहरु छन्।
डा कोइराला पक्षका नेताहरुले केन्द्रीय समितिमा समेत उक्त विषयमा आवाज उठाइरहेका छन्। केन्द्रीय समिति बैठकअघि देउवाले नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई सभापति नियुक्त गरेका थिए। दुवै जना संस्थापनपक्षनिकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।