काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट गठबन्धन लाद्न नहुने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै उनले केन्द्रबाट गठबन्धन लाद्नतिर नजान नेतृत्वलाई सचेत गराएका हुन्।
'गठबन्धन माथिबाट गर्ने तर तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छ?', कोइरालाई उद्धृत गर्दै एक नेताले भने, 'हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं।'
कोइरालाले गठबन्धन कोसँग गर्ने र किन गर्ने भन्ने कुरामा प्रष्ट हुनुपर्ने धारणा राखेका थिए। 'गठबन्धनभन्दा पार्टी एकतामा ध्यान दिऔँ। त्यतातिर जोड दिऔँ।'
गत शुक्रबारदेखि सुरु कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।