फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणा देउवासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य केही मन्त्री र उच्च अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग भेटवार्तासमेत गर्ने छन्। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति वेन्कैया नायडु, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट्ने कार्यक्रम छ। नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवा बनारस पनि जाने छन्।
प्रधानमन्त्रीको रुपमा सन् २०२१ को जुलाइमा पदभार ग्रहण गरेपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपालका प्रधानमन्त्रीले वैशाख २ गते उपराष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीसँग वार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ।
इएएम र एनएसएले नेपालका प्रधानमन्त्रीसँग भेट गरेपछि नयाँदिल्लीमा औपचारिक कार्यक्रमका साथै नेपालका प्रधानमन्त्रीले उत्तर प्रदेशको वाराणसीको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'भारत र नेपालबीच सदियौं पुरानो र विशेष मित्रता र सहयोगको सम्बन्ध रहेको छ। हालका वर्षहरूमा, साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि देखाएको छ। आगामी भ्रमणले दुई पक्षलाई यो व्यापक सहकारी साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितका लागि अगाडि बढाउने अवसर प्रदान गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।