काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई 'निलो स्याल'को संज्ञा दिँदै अन्तिममा 'हुँ-हुँ' गरेको बताएका छन्। मुस्लिम इतेहाद संगठनको कार्यक्रममा बोल्ने क्रममा उनले माओवादीलाई सुधार्ने कोसिस असफल भएको उल्टै एमाले बिग्रिएको संकेत गरे।
प्रचण्डलाई सपार्न आफ्नो पार्टीमा ल्याएको बताउँदै ओलीले थपे, 'मलाई सपार्न सकिन्छ कि जस्तो आँट आयो क्या। मान्छेहरु जंगलको बाँदर समातेर तालिम दिन्छन्। तोतामैना समातेर ल्याएर गोपिकृष्ण कहो भन्न लगाउँछन्। कपालमा जेलसेल लगाएको मान्छेलाई किन सकिँदैन भनेर ल्याएँ। तर, अन्तिममा ठाडो घाँटी लगाएर हुँ-हुँ गर्यो । जहाँको त्यहीँ।'
उनले त्यसअघि एउटा निलो स्यालको किस्सा सुनाएका थिए। निलो स्यालसम्बन्धी ओलीको किस्सा थियो- 'एउटा स्याल निलो रङको भाँडामा खस्यो। त्यहाँबाट बाहिर निस्केपछि भन्यो बनको राजा मै हो। म निलो छु। निलो नै हो जंगल राजा। जंगलको रङसँग पनि मिल्छ। के जातको हो? भनेर सोध्दा भन्दैन। बनको राजा हो अरु केही होइन भन्छ। यत्तिकैमा पछि डाँडा कतै स्याल कराएको सुनेछ। स्यालको बानी के हुन्छ भने एउटा स्याल कराएको सुनेपछि ठाडो घाँटी लगाएर अरुले कराउनुपर्छ। माओवादीले त्यसैगरी गर्यो।'
माओलादी निलै स्याल हो कि भन्ने क्रममा उनले सच्याए- अरुलाई भनेको होइन, प्रचण्डलाई भनेको भन्दै।
अन्य युवाहरु देशमा जनवाद ल्याउनका लागि ल्याउन लडेको ओलीले टिप्पणी गरे। जनवादी शासन आउँछ भन्ने भ्रममा पारिएको ओलीले बताए। उनले थपे, 'म त भ्रममा परें। बदल्न सकिन्छ भन्ने लाग्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।