काठमाडौं- अचानक भारत भ्रमणमा गएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको प्रस्ताव राखेको तर त्यसलाई अस्वीकार गरिएको दाबी गरिएको छ।
भारतीय पत्रिका द इंडियन एक्सप्रेसले यो समाचारलाई प्राथमिकताका साथ छापेको छ। समाचारमा जनाइए अनुसार चीनका विदेशमन्त्रीको भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग भेटवार्ताको लागि प्रस्ताव गरेका थिए तर साउथ ब्लकको तर्फबाट यस प्रस्तावलाई अस्वीकार गरिएको दाबी गरिएको छ।
भारतले चीनका अधिकारीहरुलाई शुक्रबार प्रधानमन्त्री व्यस्त रहेको जानकारी दिइएको थियो। उनी शुक्रबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको शपथग्रहण समारोहमा सहभागी हुन लखनऊ जानु थियो।
वाङ करिब दुई वर्षपछि भारत भ्रमणका लागि आएका थिए। यस भ्रमणलाई लिएर पहिला घोषणा गरिएको थिएन।
चीनले भारतका राष्ट्रिय सुरक्षा सलाहकार अजित डोभाललाई विशेष प्रतिनिधिको रुपमा निम्ता गरिएको समाचारमा दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।