काठमाडौं- रूसी राष्ट्रपति भ्लादमिर पुटिनले 'फेक न्युज' सँग सम्बन्धित एक कानुलाई औपचारिक रुपमा मञ्जुरी दिएका छन्।
यस कानुन अनुसार, विदेशमा अधिकारीहरुको कामकाजका बारेमा झुटा समाचार फेलाएकोमा दोषी पाइए १५ वर्षसम्म जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ।
युक्रेनमाथि रूसको आक्रमणको शुरुआतमा रूसमा एक कानुन लागू गरिएको थियो जसमा रूसी सशस्त्र बलका बारेमा गलत जानकारी फैलानेमाथि जेल सजायको व्यवस्था थियो। नयाँ कानुन त्यससँग मिल्दोजुल्दो रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।