बारा- महिलालाई एसिड प्रहार गरेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।