काठमाडौं- तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्।
वाङ शनिबार बिहान हाइकिङ जाने सेड्युल रहेको जनाइएको छ। उनी हाइकिङका लागि शिवपुरी जान लागेका हुन्। यसअघि २०७६ भदौमा पनि नेपाल आएको अवसरमा उनले चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेर बिताएका थिए।
शुक्रबार साँझ नेपाल अवतरण भएसँगै उनी बत्तिसपुतलीस्थित होटल द्वारिका गएका थिए। शनिबार बिहानको हाइकिङ सकिएपछि उनले दिउँसोदेखि राजनीतिक भेटघाट सुरु गर्नेछन्।
शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन– नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व वाङले गर्ने छन्। उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।