काठमाडौं– ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वका प्रमुख अर्थव्यवस्थाको संगठन जी–२० समूहबाट रूसलाई हटाउने विषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो।
ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने,‘अमेरिकाले युक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ।’
रूसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बालीमा नोभेम्बरमा हुने समूहको शिखर सम्मेलनबाट समूहमा रोक लगाउनुपर्ने बताएका छन्। तर चीनले रूसलाई ‘महत्वपूर्ण सदस्य’ भन्दै मस्कोको पक्षमा देखिएको छ। जी–२० को चक्रीय नेतृत्व ९अध्यक्ष० इण्डोनेसिया ‘निष्पक्ष’ रहनेछ।
फ्राङ्काले भने, ‘शान्ति र सुरक्षाका विषयहरूमा बहस गर्ने ठाउँ जी–२० होइन संयुक्त राष्ट्र संघ हो। अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सबै अन्तर्राष्ट्रिय मञ्चहरू पूर्ण रूपमा क्रियाशील हुनु हो। यसको अर्थ रूसलगायत सबै देशहरू उपस्थित हुनु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।