काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ।
पार्टी सचिवालयको विभिन्न बैठकबाट भएका निर्णयलाई गत फागुन २५ र २६ गते बसेको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो।
जसअनुसार पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीले पूर्णता पाएका हुन्।
केन्द्रीय विभागमध्ये 'सम्मानित नेता' झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाएका छन् भने महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।
यस्तै, अर्थ तथा योजना विभागको जिम्मेवारी उपमहासचिव विजय पौडेलले पाएका छन्। हालै माओवादी केन्द्र परित्याग गरेर आएका नेता रामचन्द्र झाले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।