• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस केन्द्रीय समितिको पहिलो दिन: अधिकांश वक्ता केन्द्रीयस्तरबाटै गरिने गठबन्धनको विपक्षमा

64x64
नेपाल लाइभ शुक्रबार, चैत ११, २०७८  २१:०३
1140x725

काठमाडौं– नेपाली कांग्रेसले चुनावी तयारीका सन्दर्भमा औपचारिक छलफल सुरु गरेको छ। सरकारको नेतृत्व समेत गरिरहेको दलको जारी केन्द्रीय समिति बैठकले चुनावका सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। खास गरेर सत्तारुढ गठबन्धनमा रहेका अन्य दलसँगको चुनावी तालमेलका सन्दर्भमा गरिने निर्णय 'बहुप्रतिक्षित' छ। 

बैठकको पहिलो दिन चुनावी अभियानका लागि विभिन्न जिल्लामा खटिएका केन्द्रीय सदस्यहरु र प्रदेश समितिका सभापतिहरुले ब्रिफिङ गरेका छन्। चुनावमा लिइने रणनीतिका विषयमा सुझावसहित वस्तुगत अवस्थाबारे ब्रिफिङ गर्न भनेर प्रदेश सभापतिहरुलाई केन्द्रीय समिति बैठकमा आमन्त्रण गरिएको थियो। 

शुक्रबारको बैठकमा बोलेका अधिकांश नेताहरुले आगामी निर्वाचनमा केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने पक्षमा आफ्नो भनाइ राखे। कांग्रेसको अवस्था अधिकांश ठाउँमा बलियो रहेकाले स्थानीय आवश्यकताका आधारमा मात्रै गठबन्धन गर्नुपर्ने उनीहरुको मत छ। 

शुक्रबार ७७ जिल्लामा चुनावी अभियानका लागि खटाइएका २० जना केन्द्रीय सदस्य, ६ प्रदेशका सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बोलेका थिए। गठबन्धनको पक्षमा रहेको संस्थापन पक्षका नेताहरुले समेत केन्द्रबाटै हुने गठबन्धनको विपक्षमा बोलेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा अधिकांश नेताहरुले केन्द्रबाट गठवन्धन गर्नेभन्दा स्थानीय तहको परिस्थिति र आवश्यकता हेरेर गर्नुपर्ने सुझाव आएको नेता विमलेन्द्र निधिले बताए।

संस्थापननिकट मधेस प्रदेश सभापति कृष्ण यादवले स्थानीय जनमतका आधारमा गठबन्धन गर्नुपर्ने सुझाव राखेका छन्। स्थानीय नेता कार्यकर्ताको सुझावलाई ध्यान दिएर पालिकादेखि वडासम्म तालमेल गर्नुपर्ने उनको भनाइ छ। 

‘हामी गठबन्धनमा छौं। साथीहरू गठबन्धनमा जान तयार छन्। तर, स्थानीय तहको राय, सल्लाह सुझावअनुसार मात्रै गठबन्धन गर्नुपर्छ भन्ने छ’, उनले भने  ‘पुराना डाटालाई केलाउने, अहिलेको अवस्थालाई मूल्यांकन गर्नुपर्छ। त्यसपछि गठबन्धन गर्नुपर्छ।’ 

संस्थापन पक्षकै केन्द्रीय सदस्य नैनसिंह महरले भूइँको टिप्न खोज्दा पोल्टाको खस्न सक्ने भन्दै गठबन्धन बनाउँदा सचेत हुनुपर्ने धारणा राखेका छन्। पार्टीभित्र एकमत नभइ गठबन्धन गर्नु घातक हुने उनको भनाइ थियो।

पार्टीभित्रै ‘गठबन्धन’ पहिले
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र नेता बलबहादुर केसीले अन्य दलसँग गठबन्धनको कुरा गर्नुअघि पार्टीभित्रै ‘गठबन्धन’ गर्नुपर्ने धारणा राखेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस केन्द्रीय समिति सदस्य बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताएका छन्। केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा पत्रकारहरुसँग कुरा गर्दै उनले एकता नै पहिलो आवश्यकता भएको बताएका हुन्।

पुनले गठबन्धनले नेपाली कांग्रेसलाई ‘कांग्रेस आई’ (भारतीय कांग्रेस)को हैसियतमा पुर्‍याउने भन्दै सकेसम्म यसपल्ट कांग्रेस कार्यकर्तालाई रुखमै भोट हाल्न दिनुपर्ने धारणा राखेका थिए। आफ्नो प्रदेशको अवस्था बताउँदै उनले गठबन्धन गर्नैपर्ने बाध्यता छ भने पहिले त पार्टीभित्रै गठबन्धन गर्नुपर्ने प्रष्ट्याए। ‘हाम्रो पार्टीभित्र गठबन्धन होस्। अनि मात्रै उपयुक्त आधारमा सम्बन्धित तहमा कुनकुन पार्टीसँग गठबन्धन गर्दा मिल्छ त? मिल्छ कि मिल्दैन? कुन पार्टीको मतभार कति छ? हाम्रो मत कति छ? मतभारका आधारमा पनि गठबन्धन हुनुपर्छ। हुने हो भने’, उनले भने।

सोलोडोलो हिसाबले यति सिट र उति सिट भनेर हुने गठबन्धनको कुनै औचित्य नभएको बताए। स्थानीय तहमा गठबन्धन भएर प्रदेश र प्रतिनिधि सभामा गठबन्धन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको उनको भनाइ छ।

नेता केसीले पार्टीभित्र अनेकता कायम राखेर बाहिर गठबन्धन गर्नुको औचित्य नभएको बताए। केन्द्रीय समिति बैठककै क्रममा उनले भने, ‘मैले भन्नै पर्छ, पार्टीभित्र एकता नखोज्ने, तर पार्टीबाहिर चाहिँ गठबन्धन गर्दै हिँड्ने? पार्टीभित्रको एकता आजको आवश्यकता हो। त्यो नै पहिलो हो।’

केसीले पार्टीभित्र एकता भएपछि कसरी निर्वाचनमा जाने भनेर सिंगो पार्टीले ‘ट्याकल’ गर्न सक्ने बताए। त्यस्तो अवस्थामा मात्रै कांग्रेसले नेतृत्व लिन सक्ने उनको बुझाइ छ। 

खण्डित कांग्रेसले नेतृत्व लिन नसक्ने उनको भनाइ छ। गठबन्धन गर्ने हो भने त्यसको मुख्य उद्देश्य प्रष्ट हुनुपर्ने उनले बताए। अनि मात्रै अरु कुरा हुने उनको भनाइ छ। 

भरतपुरको असन्तुष्टि
आगामी निर्वाचनमा गठबन्धन हुँदा माओवादीले अपेक्षा गरेको महानगर चितवनको भरतपुर नै हो। यसअघि पनि कांग्रेससँग गठबन्धन गरेर माओवादी केन्द्रकी रेणु दाहालले भरतपुरको मेयर जितेकी थिइन्। यसपल्ट भने चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरुले माओवादी केन्द्रलाई छाड्न नसक्ने भन्दै कुरा उठाइरहेका छन्। 

कांग्रेस केन्द्रीय समिति बैठकमा चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइरालाले २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले धोका दिएको बताउँदै यसपल्ट गठबन्धन गर्न नसकिने धारणा राखे।  शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आफूले नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्ने धारणा राखेको उनले बताए। ‘एक्लै भिड्नुपर्छ। यदि कहीँ गठबन्धन गर्नुपर्‍यो भने स्थानीय स्तरबाटै त्यहाँको आवश्यकता र चाहनामा छलफल गरेर मात्रै गर्नुपर्छ। केन्द्रबाट लादिनुहुँदैन’, उनको भनाइ थियो।

यतिबेला पनि कांग्रेस सिंगल लडेन भने कहिले लड्ने? भन्ने उनको प्रश्न थियो। ‘नेकपा फुटेका बेला, एमाले फुटेका बेला, त्यसैले सिंगल लड्नुपर्छ भन्ने मेरो धारणा हो’, उनले भने।

प्रवक्ताले भने– मिश्रित धारणा
पार्टी प्रवक्ता प्रकाशशरण महतले नेताहरुले स्थानीय अवस्था बारेमा रिर्पोटिङ गरिरहेको बताए। त्यहाँको अवस्था अनुसार कसरी गठवन्धन गर्ने वा नगर्ने विषयमा आफूहरुले देखेको अवस्था बारे जानकारी गराइरहेको उल्लेख गरे। 

आफ्नो रिर्पोटिङ राखेका प्रदेश सभापतिहरूमध्ये केहीले गठबन्धन बनाउनुपर्ने, तर स्थानीय तहलाई नै निर्णय गर्ने अधिकार दिनुपर्ने कुरामा जोड दिएको महतले बताए। ‘गठबन्धनलाई कायम राख्नुपर्छ भन्ने केही साथीहरुको राय आएको छ,’ महतले भने, ‘केहीले आ–आफ्नो प्रदेशको अवस्था र स्थानीय तहको आवश्यकता अनुसार गर्न सुझाव दिनु भएको छ।’ सबैले आफ्ना कुरा राखेपछि पार्टीको मत तयार हुने प्रवक्ता महतको भनाइ छ। 

गठबन्धनको विरोध हुँदा देउवा आक्रोशित
केन्द्रीय समितिमा गठबन्धनको विपक्षमा धारणा राख्ने नेताहरु पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित सुनिए। खास गरेर चितवनका नेताप्रति देउवाले आक्रोशपूर्ण टिप्पणी गरे। 

चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कोइरालाले चितवनमा गठबन्धन गर्न नहुने धारणा राखेपछि देउवा आक्रोशित भएका थिए।

'क्याम्पसमा चुनाव जित्नुहुन्न। कहीँ कतै जित्नुहुन्न। खालि हामी बलियो छौं भन्नुहुन्छ। अनि गठबन्धनको विरोध गर्नुहुन्छ', देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने।

शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये ६ प्रदेश सभापतिले धारणा राखेका छन्। सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायर भने बैठकमा उपस्थित भएनन्। 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबारे संसद्मा सरकारको ब्रिफिङ, एक मन्त्रीले जानकारी दिने
तोलामै ८ हजार ८ सयले घट्यो सुनको मूल्य
भ्याली ग्रुपद्वारा भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३५ लाख सहयोग
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबारे संसद्मा सरकारको ब्रिफिङ, एक मन्त्रीले जानकारी दिने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ ।... बुधबार, भदौ १७, २०८३
रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो... बुधबार, भदौ १७, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबारे संसद्मा सरकारको ब्रिफिङ, एक मन्त्रीले जानकारी दिने बुधबार, भदौ १७, २०८३
तोलामै ८ हजार ८ सयले घट्यो सुनको मूल्य बुधबार, भदौ १७, २०८३
भ्याली ग्रुपद्वारा भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३५ लाख सहयोग बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : तिब्बती अधिकार समूहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग बुधबार, भदौ १७, २०८३
हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्